PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

कर्तव्य ज्यानको घटनामा संलग्न व्यक्ति इन्टरपोलको सहयोगमा १६ वर्षपछि पक्राउ



पहिलोपोस्ट

कर्तव्य ज्यानको घटनामा संलग्न व्यक्ति इन्टरपोलको सहयोगमा १६ वर्षपछि पक्राउ

काठमाडौंः कर्तव्य ज्यानको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई कतारबाट नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा दोलखा बैत्येश्वर गाउँपालिका २ का रामकुमार मगरलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ। 

२०६३ साउन २ गते कोटेश्वरमा मनोज खड्काको कुटपिट र हत्यामा संलग्न रहेको अभियोगमा मगरलाई नेपाल ल्याइएको हो। घटनाको अभियुक्त मगर भएको अनुसन्धानबाट खुलेपछि वैदेशिक रोजगारका क्रममा कतार रहेको जानकारपछि इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया प्रहरीले अघि बढाएको थियो। 

साउन ३० गते मगरलाई प्रहरीले नेपाल ल्याएको हो। मगरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरको कार्यालय काठमाडौंमा बुझाइएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell