PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

पसल फोडी सामान चोरी गर्ने दुईजना पक्राउ



पहिलोपोस्ट

पसल फोडी सामान चोरी गर्ने दुईजना पक्राउ

काठमाडौं : पसल फोडेर लाखौँका सामान चोरी गर्ने दुई जना पक्राउ परेका छन्।  बर्दिबास-१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपको सामान चोरी गर्ने बर्दिबास-१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका रु सात लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो। चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

जिल्लाको बर्दिबास र गौशाला बजारमा पसल चोरी हुने क्रम बाक्लिएको जनाइएको छ।  यसअघि साउन चौथो सातामा मोटरसाइकल चोर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सो गिरोहबाट प्रहरीले हालसम्म चार चोरीका मोटरसाइकल बरामद गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell