PahiloPost

Jun 16, 2025 | २ असार २०८२

आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोग गर्न नपाइने : उत्पादन, आयत र बिक्री गर्नेलाई होला त कारबाही?



पहिलोपोस्ट

आजबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोग गर्न नपाइने : उत्पादन, आयत र बिक्री गर्नेलाई होला त कारबाही?

काठमाडौंः आजदेखि ४० माइक्रोनभन्दा कम पातलो प्लाष्टिक उत्पादन, आयात, बिक्री तथा प्रयोग गर्न नपाइने भएको छ।

वातावरण विभागले यसअघि लगाइएको प्रतिबन्धले केही असर नगरेको पाइएकाले आजबाट भने कडा रूपमा प्लाष्टिक झोलाको प्रयोग गर्न तथा उत्पादन र आयात गर्न नदिइने जनाएको छ।

अनुगमनका क्रममा निषेधित प्लास्टिकका झोला आयात, भण्डारण, बिक्री वितरण र प्रयोग गरिएको पाइएमा विभागले वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारवाही गर्ने छ।

ऐन अनुसार आजबाट प्लास्टिकको झोला आयात, उत्पादन, बिक्री तथा प्रयोग गर्नेले १० लाख रुपैयाँसम्म नगद जरिवाना, उत्पादन तथा आयात गर्ने कम्पनीलाई ५ वर्षसम्म कालोसूचीमा राख्ने व्यवस्था छ। साथै अदालती कारवाही र जेल सजायसम्म हुने पनि भनिएको छ।

नेपाल सरकारबाट २०७८ असोज १९ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाइएको थियो। तर उक्त प्रतिबन्धलाई सरकारले लागु गर्न सकिरहेको अवस्था थिएन। सोही कारण विभागले भदौबाट उक्त प्रतिबन्धलाई कडाइका साथ अनुगमन तथा कारवाहीको प्रक्रिया अगाडि बढाउन लागिएको जनाएको छ।

यो २०७८ माघ १७ गतेको मन्त्रिपरिषद्‍को निर्णयबाट पारित भएको उक्त प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध सम्बन्धि कार्ययोजना स्वीकृत भइ कार्यान्वयनमा रहेको पनि विभागले जनाएको छ। कोभिड महामारीका कारण केही हदसम्म खुकुलो थियो। तर अब भदौदेखि भने कुनै पनि यस्ता प्लाष्टिकहरु बिक्री, आयात, उत्पादन तथा प्रयोग गर्न पाइने छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell