PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै



पहिलोपोस्ट

महाअभियोग सिफारिस समितिको पहिलो बैठक बस्दै

काठमाडौंः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग बारे अनुसन्धान गर्ने आज महाअभियोग सिफारिस समितिको बैठक बस्दै छ।

पहिलो पटक सिंहदरबारमा समितिको बैठक बस्ने लागेको हो। रामबहादुर विष्टको अध्यक्षमा बैठक बस्दैछ। बैठकले समितिको संयोजक चयन, बैठक सञ्चालन कार्यविधि लगायतको विषयमा छलफल गर्ने छ। त्यस्तै बैठक बसेको साता दिनभित्र महाअभियोग लागेका जवराको बयान समेत लिनेछ।

११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

गत फागुन १ गते जबराविरुद् विभिन्न २१ वटा आरोप लगाएर प्रतिधिधिसभामा महाअभियोग दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell