PahiloPost

Jun 16, 2025 | २ असार २०८२

आँचल र विवेक अभिनित फिल्म ‘वर एन्ड बधु’ फागुन १९ मा प्रदर्शन हुने



पहिलोपोस्ट

आँचल र विवेक अभिनित फिल्म ‘वर एन्ड बधु’ फागुन १९ मा प्रदर्शन हुने

काठमाडौं : मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वर एन्ड बधु’को प्रदर्शन मिति तय भएको छ। लभ स्टोरी र कमेडी जनरामा तयार भएको यो फिल्म आगामी फागुन १९ गतेबाट रिलिज हुनेछ।

रोमानियामा फिल्मको पहिलो चरणको छायाङ्कन सकेर नेपाल आएलगतै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। वितरकसँग सल्लाह गरेर फागुनलाई प्रदर्शन मिति तोकिएको निर्देशक चाम्सले जानकारी दिए।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा आँचल शर्मा र विवेक कर्माचार्यको मुख्य भूमिका छ।

फिल्ममा आँचल र विवेकसँगै विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, किरण केसी, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहनेछ।

यो फिल्म सुरज पाण्डे निर्देशित फिल्म ‘परस्त्री’सँग भिड्दैछ। फिल्म ‘परस्त्री’ पनि आगामी फागुन १९ मा प्रदर्शन हुँदैछ।

भदौ र असोजमा नेपाली फिल्मकाो रिलिज सेड्युल निकै व्यस्त छ। मंसिरको निर्वाचन र त्यसलगतै आउने विश्वकप फुटबलका कारण पनि धेरै निर्माता फागुन र चैत्रलाई रिलिज मिति टार्गेट गरिरहेका छन्।

फागुन ५ मा प्रकाश सपुतको ‘परदेशी २’सँग दयाहाङ राईको फिल्म ‘बिहेपास’ पनि जुध्ने पक्का भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell