PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

सुनको मूल्य फेरि घट्यो, आज प्रतितोला ९६ हजार २ सय रुपैयाँ कामय



पहिलोपोस्ट

सुनको मूल्य फेरि घट्यो, आज प्रतितोला ९६ हजार २ सय रुपैयाँ कामय

काठमाडौं : सुनको मूल्य क्रमिक घट्न थालेको छ। बुधवार तोलामा ५ सय रुपैयाँ घटेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बजार मूल्य ९६ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। मंगलवार तोलामा ७ सय रुपैयाँ घट्दा प्रतितोला ९६ हजार  ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको कारोबार मूल्यमा पनि गिरावट छ। तोलामा १० रुपैयाँले घटेको छ। बुधवार चाँदी प्रतितोला १२ सय १० रुपैयाँ भएको छ। मंगलवार १५ रुपैयाँ घट्दा प्रतितोला १२ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलवार प्रतिऔंस १७८२.१० डलर रहेको सुन घट्दै बुधवार प्रतिऔंस १७७८.९५ डलर भएको छ। चाँदी प्रतिऔंस २०.२० डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell