PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला



पहिलोपोस्ट

‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला

काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’को लागि आवेदन खुला भएको छ। ट्यालेन्ट पिक इन्कर्पोरेटले आयोजना गर्न लागेको पहिलो संस्करणको लागि आवेदन खुल्ला गरिएको जनाएको छ।

प्रतियोगितामा १८ वर्षदेखि माथिको उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने छन्। युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनुपर्ने प्रावधान राखिएको छ। अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाईन पेजमार्फत आफ्नो आवेदन दिन सक्नेछन्।

प्रतियोगिताको अडिसन भदौ ११ गते हुनेछ। अडिसनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ पुरस्कारका साथै अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसरहरु प्राप्त गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell