PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

सालकको खपटासहित एक जना पक्राउ



रासस

सालकको खपटासहित एक जना पक्राउ

काठमाडौं : प्रहरीले सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेँसी नगरपालिका-७ का २३ वर्षीय विजय तामाङलाई मंगलवार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेश कुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्री गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन्। प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell