PahiloPost

Jun 16, 2025 | २ असार २०८२

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ मतपत्रमा ७९ चिह्न! कम्युनिस्ट पार्टी लड्दैछन् १६ चिह्नमा



पहिलोपोस्ट

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फ मतपत्रमा ७९ चिह्न! कम्युनिस्ट पार्टी लड्दैछन् १६ चिह्नमा

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रयोजनका लागि साउन ३१ गतेसम्म दल दर्ताको म्याद भित्र ८४ वटा दल दर्ता भए। यसरी दर्ता भएका केही दल दोहोरिएका छन्। 

यसअघि छुट्टाछुट्टै दल दर्ता गराएका केही पार्टी अन्तिम दिन आयोगमा पुगेर एकल चुनाव चिह्नमा लड्ने गरी दल दर्ता गराएका छन्। यो हेर्दा प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मतपत्रमा ७९ चुनाव चिह्न हुनेछन्।  

३२ नम्बरमा दर्ता भएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र ४३ नम्बरमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टीले बुधवार अन्तिम दिन आयोग पुगेर एकल चुनाव चिह्नमा निर्वाचन लड्ने भनि संयुक्त दल दर्ता गराए। 

यसअघि माओवादी केन्द्रले २९ गते र नेपाल समाजवादीले २७ गते दल दर्ता गराएका थिए। 

त्यस्तै रोमलाल गिरी नेतृत्वको नेपाल आमा पार्टी, गंगालाल श्रेष्ठको नेपाल नौलो जनवादी पार्टी, पुण्यप्रसाद प्रसाईँको सचेत नेपाली पार्टी र रमेश खरेलको नेपाल सुशासन पार्टीले पनि एकल चुनाव चिह्नमा दल दर्ता गराएका छन्। 

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीले पनि एकल चुनाव चिह्नमा चुनावमा सहभागि हुन दल दर्ता गराएका छन्। नेकपा समाजवादी २९ गते ५१ औं नम्बरमा दर्ता भएको थियो। त्यस्तै नेपाल दलित पार्टीले २८ गते ३९ औं नम्बरमा दर्ता भएका थिए। यी दुई दल र समाजिक एकता पार्टीसमेत मिलेर एकल चुनाव चिह्नमा लड्ने गरि ७४ औं नम्वरमा मंगलवार दर्ता भएका छन्। 

त्यस्तै नेकपा राष्ट्रवादी, समाजवादी केन्द्र नेपाल र आधुनिक नेपाल समाजवादी पार्टीले पनि एकल चुनाव चिह्नमा लड्ने सहमति गरेका छन्। २९ गते ४२ औं नम्बरमा दर्ता गराएको आधुनिक नेपाल समाजवादी पार्टीले मंगलवार अन्तिम दिन  समाजवादी केन्द्र नेपाल र नेकपा राष्ट्रवादी पनि मिलाएर एकल चुनाव चिह्नमा लड्ने गरी दल दर्ता गराएका छन्। 

१६ कम्युनिस्टका चुनाव चिह्न मतपत्रमा

मतपत्रमा हुने ७९ चुनाव चिह्न मध्ये १६ वटा कम्युनिस्ट घटकका फरक फरक चुनाव चिह्न हुँदैछन्। नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हसिँया हतौडामा डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी केन्द्र पनि चुनावमा लड्दैछ। 

त्यस्तै सूर्य चिह्नमा एमाले, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी कलम चिह्नमा चुनाव लड्दैछ। एमालेबाटै अलग भएको नेकपा एकता राष्ट्रिय अभियान पनि आयोगमा दर्ता भए पनि यसका नेता वामदेव गौतम भने माओवादी केन्द्रकै हसिँया हतौडामा चुनाव लड्दैछन्। 

त्यस्तै नेकपा माओवादी समाजवादीको महिला पुरुष चुनाव चिह्न मतपत्रमा रहनेछ। नेकपा माले हँसिया र तारा, नेमकिपाको मादल, राष्ट्रिय जनमोर्चाको गिलास, नेकपा मार्क्सवादी पुष्पलालको गैँती, जनताको जनवादी पार्टी नेपाल फणा उठाएको नाग सर्प चुनाव चिह्न पनि मतपत्रमा रहनेछ। यो पार्टी यसअघि नेकपा एमालेको नाममा दर्ता भएको थियो। सर्वोच्चले एमाले र माओवादी केन्द्र अलग गरिदिएपछि नयाँ नाममा दर्ता भएको हो। 

त्यस्तै नेकपा परिवर्तन माथि चराको प्रतिक भएको डम्फु, नेकपा घन र कोदालो नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाको मुठ्ठी पनि मतपत्रमा रहनेछ। 

त्यस्तै नेकपा राष्ट्रवादी, समाजवादी केन्द्र,आधुनिक नेपाल समाजवादी पार्टीको एकल चुनाव चिह्न पनि मतपत्रमा रहनेछ। सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको पनि मतपत्रमा एकल चुनाव चिह्न रहनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell