PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शनमा केपी ओलीविरुद्ध नाराबाजी

नागरिकता विधेयक फिर्ताविरुद्ध प्रदर्शनमा केपी ओलीविरुद्ध नाराबाजी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ। नागरिकता विहीन संघर्ष समिति विधेयक फिर्ताको विरोध गर्दै माइतीघरमा प्रदर्शन गरेको हो।

राष्ट्रपतिले फिर्ता पठाएको विधेयक प्रमाणीकरणका लागि सरकारले संसदमा पठाउने निर्णय गरिसकेको छ। यद्यपि नागरिकता विहीन संघर्ष समितिले राष्ट्रपतिको कदमको विरोध जारी राखेको छ। अझ रोचक त यो संघर्षमा उत्रिएकाहरुले एमाले अध्यक्ष केपी ओलीविरुद्ध नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले 'या त नागरकिता दे, या त मार दे, होइन भने कुन देशको नागरिक हो जिम्मा लगाइ दे', 'अनागरिक बनाउने पाइदैन', 'संविधानको धारा लागू गर' जस्ता प्लेकार्ड बोक्दै विधेयक फिर्ताको विरोध गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell