PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना चालक कारबाहीमा



पहिलोपोस्ट

ट्राफिक प्रहरीको विशेष चेकिङ : ५१ जना चालक कारबाहीमा
फाइल फोटो।

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष चेकिङ अभियान अन्तर्गत आज ५४ जना चालकहरु कारबाहीमा परेका छन्। कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक चेकजाँच अभियान सञ्चालन गरिएको हो।

अभियानमा सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका छन्।

यस्तै, आज बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लङ्घन गर्ने पानी ट्याङ्करका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ।

त्यस्तै, मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जनासहित ३ सय २८ चालक पनि कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell