
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ सय ५२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३८३ जनामा परीक्षण गर्दा ८ सय ५२ जनामा संक्रमण देखिएको हो।
३ हजार ८७६ पीसीआर परीक्षण गरिएकोमध्ये ५३१ जनामा र २ हजार ५०७ एन्टीजेन परीक्षण गरिएकोमा ३२१ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा ३ सय २८ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६२ रहेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।