PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते



पहिलोपोस्ट

दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

कैलाली : दार्चुलामा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।

गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप आज शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब २५० मिटर तल खसेको थियो।

यस्तै, दुर्घटनामा ट जना घाइते भएका छन्। दुर्घटनामा परेर मालिकार्जुन-३ की ५० वर्षीया गोमती देवी धामी, सोही ठाउँकी ३० वर्षीया गोमती धामी, २१ वर्षीय सुमनसिंह धामी, ४२ वर्षीया रुपा धामी, मालिकार्जुन-६ की ४० वर्षीया रेवती धामी र महाकाली नगरपालिका-३ का ३५ वर्षीय रमेश लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीहरुको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell