PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आजको मौसम : मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं : पछिल्ला दिनहरुमा गर्मी बढ्दो छ। योसँगै मौसम फेरबदल पनि भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनायो।

महाशाखाका अनुसार अहिले देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महशाखाको मौसम बुलेटिनमा उल्लेख छ। 'लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा भनिएको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनायो। प्रदेश १, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell