PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

अल्जेरियामा आगलागीबाट २६ जनाको मृत्यु



पहिलोपोस्ट

अल्जेरियामा आगलागीबाट २६ जनाको मृत्यु
फोटो : Getty Images

अफ्रिकी मुलुक अल्जेरियामा आगलागीबाट २६ जनाको मृत्यु भएको छ। त्यहाँका आन्तरिक मामिला मन्त्री कमले बेल्डजोडका अनुसार आगलागीबाट धेरै मानिसहरु घाइते भएका छन्।

ट्युनेसियाको सीमा नजिकै इल तरफमा बुधवार भएको आगलागीबाट २४ जनाको मृत्यु भएको उनले त्यहाँको सरकारी टेलिभिजनमा बताएको द गार्जियनले जनायो।

विभिन्न स्थानमा आगो लाग्दा त्यहाँ भागदौडसमेत चलेको थियो। कति मानिसहरु घाइते भए भन्नेबारे विस्तृत जानकारी आइनसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

सोक अहरस क्षेत्रमा धेरैजसो मानिसहरु जलेका बताइएको छ। त्यहाँका ३५० घरहरु खाली गरिएको छ। त्यहाँ आगो निभाउनका लागि हेलिकप्टर प्रयोग भएका छन्। अगस्टयतामात्र अल्जेरियामा १०६ पटक आगलागी भएको र २५०० हेक्टर बढी क्षेत्र प्रभावित भएको बताइएको छ।

कतिपय आगो मानिसले नै लगाएको हुनसक्ने बेल्डजोडले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell