PahiloPost

May 17, 2025 | ४ जेठ २०८२

नागरिकता विधेयकमा कार्यव्यवस्था समितिमा जुटेन दलहरुबिच सहमति, आजै पारित गर्ने तयारी



पहिलोपोस्ट

नागरिकता विधेयकमा कार्यव्यवस्था समितिमा जुटेन दलहरुबिच सहमति, आजै पारित गर्ने तयारी

काठमाडौं : पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक जस्ताको तस्तै पारित हुने भएको छ।

आज बिहान सभामुख अग्निप्रसाद सापकोटाले विधेयकका विषयमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक बोलाएका थिए। तर बैठकमा विधेयकलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सहमति जुट्न सकेन।

अहिले प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले आफ्नो आफ्नो धारणा राखिरहेका छन्। सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाउन लागिएको हो।

सरकारको तयारी अनुसार संसद् सचिवालयले बिहीवार नै विधेयक पारित गर्नेगरी सम्भावित कार्यसूची प्रकाशित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा विधेयक पारितको कार्यसूची प्रतिनिधिसभाले तय गरेको हो।

आज सरकारका तर्फबाट गृहमन्त्री खाणले सन्देशसहित फिर्ता भएको विधेयकमाथि विचार गरियोस् प्रस्ताव राख्नेछन्। गृहमन्त्रीको प्रस्तावपछि सदनमा पुनर्विचारका लागि पठाइएका विषयवस्तुमा छलफल हुनेछ।

राष्ट्रपतिले विधेयक पुनर्विचारका लागि पठाए पनि जस्ताको तस्तै पारित हुने देखिएको छ। सत्ता गठबन्धनले पनि विधेयक परिमार्जन नहुने निर्णय गरिसकेको छ।

राष्ट्रपतिबाट विधेयकमा समेटिएको नागरिकता लिन आमाले गर्नुपर्ने स्वघोषणाको विषयमा पुनर्विचार गर्न स्पष्ट रुपमा उल्लेख छ। अन्य विषय भने सैद्धान्तिक रुपमा उठाइएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell