PahiloPost

Jun 16, 2025 | २ असार २०८२

काठमाडौं महानगरको निर्देशन : कलंकीबाट खसी बजार १५ दिन भित्र हटाउनु



पहिलोपोस्ट

काठमाडौं महानगरको निर्देशन : कलंकीबाट खसी बजार १५ दिन भित्र हटाउनु

काठमाडौं : काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउने निर्देशन दिएको छ। महानगरपालिकाले १५ दिन भित्र आफैं वैकल्पिक व्यवस्था गरेर खसी बजार हटाउन निर्देशन दिएको हो।

वडा नं १४ भाटभटेनीसँगै रहेको खसी बजार हटाउन महानगरले बिहीबार सूचना जारी गरेको छ। सात रोपनी आठ आना जग्गामा खसी बजार संचालन गर्दा बल्खु खोलामा प्रदूषण बढेको, स्थानीयलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्दै महानगरमा स्थानीयले सामूहिक उजुरी दिएका थिए। त्यसपछि महानगरले उजुरीमाथि छानबिन गरेको थियो।

महानगरपालिका कार्यालयबाट भएको वातावरणसम्बन्धी अध्ययन र त्यसबाट प्राप्त प्रतिवेदन एवम् वडाबाट प्राप्त पत्रसमेतलाई आधार बनाएर महानगरले खसी बजार हटाउन सूचना जारी गरेको हो।

गत वर्षको दशैंलाई लक्षित गर्दै कलंकीमै बजार संचालन गरिरहेका केही व्यापारीहरुले नेपाल चौपाया खरिद बिक्री कृषि समूह खडा गर्दै कलंकीको खसीबजारलाई दहचोकमा सार्ने तयारी गरेको थियो।

कलंकी बजार अव्यवस्थित भएपछि सो समूहले ७ करोड रुपैयाँ लागतमा व्यवस्थित चौपाया बिक्री केन्द्र संचालनमा ल्याउने गरी काम गरेको थियो। यसका लागि केन्द्रले करिब १५ वर्षका लागि मासिक एक लाख रुपैयाँ भाडा सम्झौता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell