
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९३० जनामा परीक्षण गर्दा ५ सय ४२ जनामा संक्रमण देखिएको हो।
२ हजार ८२ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र २ हजार ८४८ एन्टीजेन परीक्षण गरिएकोमा ३१८ जनामा संक्रमण देखिएको हो।
त्यस्तै, सोही अवधिमा ४ सय २१ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ६५ रहेको छ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण बढेकाले सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ।