PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

राष्ट्रपतिलाई सांसद महतको व्यंङ्ग्य : विधेयक प्रमाणिकरणका लागि राति पठाउँ



पहिलोपोस्ट

राष्ट्रपतिलाई सांसद महतको व्यंङ्ग्य : विधेयक प्रमाणिकरणका लागि राति पठाउँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले नागरिकता राष्ट्रपतिले पुन:विचार गर्न फिर्ता पठाएको प्रति व्यंङ्ग्य गरेका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दिउँसो नभई राति पठाउन आग्रह गरेका छन्।

'अब यो नागरिकता विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपति कहाँ पठाउनुपर्ने होला। उहाँ (राष्ट्रपति) कहाँ सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणको लागि दिउँसो नभई राति पठाउनुपर्छ', उनले व्यंङ्ग्य गरे, 'किन भने उहाँ राति काम गर्न बानी पर्नु भएको छ। यसअघि ठूला ठूला निर्णय पनि राति १२ बजेपछि भएका छन्।'

सांसद महतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दुई पटकसम्म संसद् विघटन गर्दा राष्ट्रपतिले मध्यराति नै सदर गरेकोतर्फ संकेत गरेका थिए।

'यसअघि पनि अफ्ठ्यारा कामहरु राति नै फत्ते भएका थिए', उनले भने, 'त्यसैले यो विधेयक पनि राति नै पठाइदिँऊ, जारी हुन्छ कि!'

उनले प्रमुख प्रतिपक्षी दलले लेखा समिति मागेको प्रति पनि आक्रोश पोखे।

'प्रतिपक्षीले बारम्बार लेखा समिति माग गरिराख्या छ सभामुख महोदय,' उनले अगाडि भने, 'उहाँहरुसँग अर्को चारवटा समिति पनि छन्। चारवटा समिति उहाँहरुले फिर्ता गर्नुभयो भने त्यो (लेखा) समिति उहाँहरुलाई फिर्ता गरिदिए हुन्छ सभामुख महोदय।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell