
काठमाडौंः नागरिकता विधेयकमा एमालेले मत विभाजन मागेको छ। प्रतिनिधि सभामा विधेयक पारितको कार्यसूची पेश हुनसाथ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेका हुन्।
गठबन्धनको निर्णयका आधारमा संसद् चल्न नसक्ने भन्दै उनले मत विभाजन मागेका हुन्। प्रतिपक्ष दलसँग पनि विधेयकबारे परामर्श नभएको उनले बताए।
विधेयकमा मत विभाजन हुँदा हुन्छ हुन्न भन्ने ध्वनमितका आधारमा निर्णय हुने छैन। लबी विभाजन भएर विधेयकमा हस्ताक्षरबाटै निर्णय हुनेछ।
सभामुखले बोलाएको कार्यव्यवस्थामा पनि सत्ता गठबन्धनको जस्तै निर्णय सुनाइएको उनले बताए।