PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

नागरिकता विधेयकमा एमालेले माग्यो मत विभाजन : हुन्छ हुन्न हैन, हस्ताक्षरबाट निर्णय हुने



पहिलोपोस्ट

नागरिकता विधेयकमा एमालेले माग्यो मत विभाजन : हुन्छ हुन्न हैन, हस्ताक्षरबाट निर्णय हुने

काठमाडौं : नागरिकता विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले मत विभाजन मागेको छ। प्रतिनिधिसभामा विधेयक पारितको कार्यसूची पेश हुनसाथ एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन मागेका हुन्।

गठबन्धनको निर्णयका आधारमा संसद् चल्न नसक्ने भन्दै उनले मत विभाजन मागेका हुन्। प्रतिपक्ष दलसँग पनि विधेयकबारे परामर्श नभएको उनले बताए।

विधेयकमा मत विभाजन हुँदा हुन्छ/हुन्न भन्ने ध्वनी मतका आधारमा निर्णय हुने छैन। लबी विभाजन भएर विधेयकमा हस्ताक्षरबाटै निर्णय हुनेछ।

सभामुखले बोलाएको कार्यव्यवस्थामा पनि सत्ता गठबन्धनको जस्तै निर्णय सुनाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell