PahiloPost

May 10, 2025 | २७ बैशाख २०८२

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित



पहिलोपोस्ट

नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ।

यसअघि संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष विधेयक पेश भएको थियो। पुनर्विचारका लागि भन्दै राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा बिहीवार छलफल भएको थियो।

छलफलपछि विधेयक मत विभाजनका आधारमा बहुमतले पारित भएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विधेयक पारित गर्न मत विभाजनको माग गरेको थियो। यसअघि यो विधेयक संसद्का दुवै सदनमा ध्वनीमतका आधारमा पारित भएको थियो।

सदनमा उपस्थित १९५ सांसद मध्ये विधेयकको पक्षमा १३५ मत परेको छ भने विपक्षमा ६० मत परेको छ। विधेयक संशोधनबिना नै पारित भएको हो।

सत्ता गठबन्धनको निर्णय अनुसार विधेयक समितिमा छलफलका लागि नपठाई सदनबाटै पारितको प्रक्रिया अघि बढाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell