PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

अमेरिकन आइडलमा नेपालीहरूले दिएको माया र सहयोगका कारण कन्सर्ट गर्न आएँ : अर्थर गन



पहिलोपोस्ट

अमेरिकन आइडलमा नेपालीहरूले दिएको माया र सहयोगका कारण कन्सर्ट गर्न आएँ : अर्थर गन

काठमाडौं: नेपाली मूलका गायक तथा अमेरिकन आइडलका फाइनलिस्ट अर्थर गन (दिवेश पोखरेल)  यतिखेर नेपालमा छन्। अमेरिकन आइडलमा सबै नेपालीहरूले दिएको माया र सहयोगका कारण आफू नेपालमा कन्सर्ट गर्न आएको उनी बताउँछन।

बिहीबार काठमाडौंमा पहिलो नेपाल कन्सर्ट टुर ‘टुबोर्ग होमकमिङ अर्थर गन’ बारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो। सोही पत्रकार सम्मेलनमा उनले सम्पूर्ण नेपालीहरूले गरेको साथ र सहयोगप्रति धन्यावाद व्यक्त गरे।

‘आइडलमा सहयोग गर्नेलाई सबैलाई न्यानो नमस्कार छ। अमेरिकन आइडलमा जाँदा सबै नेपालीहरूले आफ्नो भनेर गर्नुभएको माया र सहयोगका कारण म नेपालमा कन्सर्ट गर्न आएको हुँ। भोट काउन्ट भए पनि नभए पनि उहाँहरूले मलाई जिताउन राम्रो प्रयास गर्नुभएको हो। उहाँहरूको सहयोगप्रति निकै खुसी र गर्व महसुस हुन्छ,’ उनले भने।

एक महिने नेपाल टुरमा आएका उनले म्युजिकको माध्यमबाट नेपालको संस्कृति र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने समेत सुनाए। काठमाडौं, चितवन, पोखरा, बुटवल, बिर्तामोड, धरान र कीर्तिपुरमा अर्थर इन्डोर कन्सर्ट गर्नेछन्। पहिलो कन्सर्ट शनिबार दरबारमार्गको प्लाटिनम लाउन्जमा हुँदैछ। कन्सर्टमा उनले आफ्ना नेपाली र अंग्रेजी गीतहरू गाउनेछन्।

सन् २०२० को अमेरिकन आइडलका फर्स्ट रनरअप उनी त्यसपछि पहिलोपटक नेपाल आएका हुन्। 

टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल अर्थर गनलाई निम्त्याएको हो। आयोजक ब्रेनसर्भिसिङले कन्सर्टमार्फत नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन हुने आशा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell