PahiloPost

Jun 15, 2025 | १ असार २०८२

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते



पहिलोपोस्ट

तनहुँमा माछा मार्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते

काठमाडौं : तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। बिहीबार भएको सो घटनामा बाबु–छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।

विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-५ घर भई शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र ९ महिनाका आदि ब्याम्बो रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। करेन्ट लागेर १९ वर्षीया दिलमाया ब्याम्बो घाइते भएकी छिन्। 

करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell