PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी, गुनासो गर्दा भएन सुनुवाइ



रासस

भद्रपुरमा धारामा तीन महिनादेखि लेदो मिसिएको पानी, गुनासो गर्दा भएन सुनुवाइ

काठमाडौं : झापाको भद्रपुर नगरपालिका-८ स्थित नेपाल खानेपानी संस्थानले वितरण गर्दै आएको खानेपानीमा लेदो मिसिएको पाइएको छ। तीन महिनादेखि धाराबाट दूषित पानी आउँदा उपभोक्ता मारमा छन्।

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक-पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर-८ का तोया गड्तौलाले बताए। ‘लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौं। तर सुनुवाइ भएको छैन,’ उनले भने।

कार्यालयको ध्यानाकर्षण गराउँदासमेत उपभोक्ताले शुद्ध पानी उपभोग गर्ने वातावरण नबनेको सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए। धारामा दूषित पानी आउन थालेको महिनौँ बितेपछि सामाजिक अभियन्ताको टोलीले संस्थानका कार्यालय प्रमुख रामकुमार श्रेष्ठसँग छलफलसमेत गरेको छ। शुद्ध पानी दिन श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दश दिनभित्र शुद्ध पानी वितरण गर्ने, धारा जडान र पाइप विस्तार गर्ने, दैनिक १४-१५ घण्टा शुद्ध पानी वितरण गर्ने, ट्रिटमेन्ट प्लान्ट जडान गर्ने, पुरानो पाइप हटाएर नयाँ पाइप लगाउनेलगायत प्रतिबद्धता संस्थानले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell