PahiloPost

Jun 15, 2025 | १ असार २०८२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



पहिलोपोस्ट

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले बैठक बसिरहेको हो।

आजको बैठकले पदाधिकारीको नाम टुंगो लगाउने सम्भावना रहेको छ। आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्न सक्ने बताइएको छ। सो नाममा सहमति जुटेको खण्डमा आज नै पदाधिकरी चयन प्रक्रिया टुंगिनेछ।

माओवादी केन्द्रको २०७८ पुसमा महाधिवेशन भएको थियो। अपूर्ण केन्द्रीय कमिटी बनाएर महाधिवेशन सम्पन्न भएको थियो। पहिलो केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गर्नबाहेक माओवादीले पदाधिकारी छान्न सकेको छैन। असार २३ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटीलाई पूर्णता दिएको थियो भने पोलिटब्यूरो गठन भएको थियो।

प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद भएपछि वैकल्पिक सदस्यको व्यवस्था गरिएको थियो। स्थायी कमिटी र पदाधिकारी चयनको लागि आफूलाई केही सयम दिने प्रचण्डले माग गरेका थिए। त्यसयता पनि पटकपटक माओवादी केन्द्रका बैठकहरु बसे पनि पदाधिकारी चयन भने हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell