PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पाटनमा कृष्ण जन्माष्टमीको रौनक, राधाकृष्णको भेषमा बालबालिका

पाटनमा कृष्ण जन्माष्टमीको रौनक, राधाकृष्णको भेषमा बालबालिका

समर्थ रञ्जित/पहिलोपोस्ट


ललितपुर : आज कृष्ण जन्माष्टमी। देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरि कृष्ण भजनहरु गुञ्जिदैछन्।

पाटनमा रहेको कृष्ण मन्दिरमा आज बिहानदेखि भक्तजनहरुको भिड लागेको छ। बालबालिकालाई कृष्ण र राधाको भेषमा सजाएर कृष्ण मन्दिर वरिपरि ल्याउनेको संख्या पनि बढ्दो छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसेर रातभर जाग्राम बस्छन्।

सरकारले आज कृष्णजन्माष्टमीको उपलक्ष्यमा देशभर सार्वजनिक विदा दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell