PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नृत्य श्रृंखला : जहाँ नृत्यबाट भनिँदैछ महिलाको कथा

नृत्य श्रृंखला : जहाँ नृत्यबाट भनिँदैछ महिलाको कथा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपालमा नृत्य विधालाई थप विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले केहीसमय यता ‘नृत्य श्रृंखला’ संचालन गरिरहेको छ।वैशाख महिनाबाट सुरु भएको यो श्रृंखलाको चौथो सिजन 'चतुरङ्ग' केहीदिन अघिमात्रै सम्पन्न भयो। मण्डला थिएटरमा आयोजना गरिएको ‘नृत्य श्रृंखला ४.०’ मा 'कत्थक' नृत्य प्रस्तुत गरिएको थियो।

सो श्रृंखला ‘हाउसफुल’ भएसँगै हौसिएकी छिन् स्टुडियोकी संस्थापक एवम् निर्देशन नम्रता केसी। वैशाखमा सुरु गर्दा कोही हेर्न आउँछ कि आउँदैन भन्दै चन्तित बनेकी उनी अब नृत्य श्रृंखलालाई नियमित मञ्चन गर्ने योजना बनाइरहेको बताउँछिन्।   

‘अहिलेसम्म पाएको प्रतिक्रिया राम्रो छ। सुरुमा कसले हेर्न आउँछ भन्ने थियो, चौथो सिजनको टिकट ६ दिन अघि नै सोल्टआउट भयो। यसको अर्थ दर्शकहरुलाई यो विधामा रुची छ भन्ने हो। अब यो सिरिजलाई हप्ताहप्तामा प्रदर्शन गर्न कसरी सकिन्छ भनेर हेर्दैछौं,’ उनले भनिन्।   

सो नृत्य श्रृंखलामा रामायणलाई सीताको दृष्टिकोणबाट पेस गरिएको केसी बताउँछिन्। आफूहरुको उद्देश्य नृत्यबाट कथा भन्नु पनि रहेको उनले सुनाइन्।

नम्रताले संचालन गरिरहेको डान्स स्टुडियामा नृत्य सिक्नेमा सबै महिला छन्। त्यसैले पनि महिलासम्बन्धी विषयवस्तुलाई केन्द्रमा राखेर आफूहरुले नृत्य पेस गरिरहेको उनी बताउँछन्। ‘हामी कत्थकको माध्यमबाट कथा भन्यौं। नृत्यबाट विभिन्न कथाहरुलाई प्रस्तुत गर्छौं। महिलाले भोग्नु पर्ने दुर्व्यवहार र हिंसाका घटनालाई हामीले नृत्यबाट देखएका छौं,’ उनले भनिन्।

नम्रताले डान्स स्टुडियो संचालन गरेको ६ वर्ष पुग्न लागेको छ। कत्थक, भरतनात्यम लगायतका विधा उनको स्टुडियोमा सिकाइन्छ। अहिले नृत्य श्रृंखलाबाट पाएको हौसला र जसले भने आफ्नो आयाम थप बढ्दै जानेमा विश्वस्त छिन् उनी। नृत्य विधालाई पनि नियमित प्रस्तुतीकरण गर्ने नै आफ्नो ध्येय रहेको उनले बताइन्।

‘हामीले नृत्यको पनि नियमित प्रदर्शनी होस् भनेर सुरु गरेको हो। रेगुलर स्टेजिङ होस्। हेर्न जाने बानीको विकास होस्,’ उनले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell