PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने



पहिलोपोस्ट

सुहानाको फिल्म ‘भगवत् गीता’ आगामी बैशाख १ गते प्रदर्शन हुने

काठमाडौं : सुहाना थापाको मुख्य भूमिकामा फिल्म ‘भगवत् गीता’ बन्ने घोषणा भएको छ। शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा युट्युबमार्फत फिल्मको टाइटल घोषणासँगै प्रदर्शन मिति तय गरिएको हो।

झरना थापाले निर्देशन गर्न लागेको यो फिल्म आगामी नयाँ वर्षको अवसरमा बैशाख १ गते रिलिज हुनेछ। सुहानाले ‘ए मेरो हजुर ४’ पछि होमप्रोडक्सन प्रोजेक्टमा काम गर्न लागेकी हुन्।

सुहाना इन्टरटेनमेन्टबाट सार्वजनिक भएको फिल्मको टाइटल घोषणा टिजरमा सुहाना फिचर्ड छिन्। भिडियोमा रामजानकी मन्दिरपरिसरमा सुहानालाई दौडिरहेको देख्न सकिन्छ। जहाँ उनको उत्साहित र भावुक लुक देखाएको छ। दृश्यको पृष्टभूमिबाट मैथिली गीत समेत सुन्न सकिन्छ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अन्य कलाकारहरू भने खुलाइएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell