PahiloPost

Jun 15, 2025 | १ असार २०८२

१० ‘मोस्ट वान्टेड’ अपराधी, जो रेड कर्नर र एलो नोटिसमा थपिए



पहिलोपोस्ट

१० ‘मोस्ट वान्टेड’ अपराधी, जो रेड कर्नर र एलो नोटिसमा थपिए

काठमाडौं : विभिन्न गम्भीर घटनामा संलग्न रहेर फरार भएका अपराधीको नाम जारी गर्नु नै रेड कर्नर नोटिस हो। यस्ता अभियुक्तको खोजी इन्टरपोलको सहयोगमा पनि गर्ने गरिन्छ। पछिल्लो समय नेपाल प्रहरीले रेड कर्नर नोटिस र एलो नोटिसमा जारी गर्ने अपराधीहरुको सङ्ख्या बढ्दै गएको छ।

नेपाल प्रहरीले पछिल्लो तीन महिनामा ८ जनालाई रेड कर्नर नोटिसमा समावेश गरेको छ। त्यस्तै, २ जनाको एलो नोटिसमा राखिएको नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकबहादुर राइले जानकारी दिए।

यसरी नोटिसमा राखिएका अभियुक्तको खोजी तथा आवश्यक कागजपत्र पुर्‍याएर नेपाल ल्याउने सम्मको तयारी भइरहेको छ।

तीन दिनअघि मात्र कर्तव्य ज्यानको घटनामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले एक व्यक्तिलाई कतारबाट नेपाल ल्याएको छ। इन्टरपोलको सहयोगमा दोलखा बैत्येश्वर गाउँपालिका २ का रामकुमार मगरलाई नेपाल ल्याइएको प्रहरीले जनाएको छ।

२०६३ साउन २ गते कोटेश्वरमा मनोज खड्काको कुटपिट र हत्यामा संलग्न रहेको अभियोगमा मगरलाई नेपाल ल्याइएको हो। घटनाको अभियुक्त मगर भएको अनुसन्धानबाट खुलेपछि वैदेशिक रोजगारका क्रममा कतार रहेको जानकारी पाएपछि इन्टरपोलमार्फत नेपाल ल्याउने प्रक्रिया प्रहरीले अघि बढाएको थियो।

साउन ३० गते मगरलाई प्रहरीले नेपाल ल्याएको हो। मगरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी परिसरको कार्यालय काठमाडौंमा बुझाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell