PahiloPost

Jun 15, 2025 | १ असार २०८२

चीनमा थप ५५९ जनामा कोभिड-१९ को स्थानीय संक्रमण पुष्टि, तिब्बतमा यस्तो छ तयारी



पहिलोपोस्ट

चीनमा थप ५५९ जनामा कोभिड-१९ को स्थानीय संक्रमण पुष्टि, तिब्बतमा यस्तो छ तयारी
ल्हासामा त्यहाँको स्थानीय रंगशालामा निर्माण भएको अस्थायी अस्पताल। फोटो : सिन्ह्वा

मुख्यभूमि चीनमा बिहीवार ५५९ कोभिड-१९ का स्थानीय संक्रमण पुष्टि भएका छन्। शुक्रवार बिहान त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार ४४१ जना संक्रमित हैनान प्रान्तमा मात्र पुष्टि भएका छन्।

बिहीवार चीनमा दुई हजार ११९ जना स्थानीय लक्षणरहित संक्रमित फेला परेका छन्। जसमध्ये एक हजार ५८ हैनान प्रान्तका रहेका छन्। त्यस्तै, ६६५ तिब्बत क्षेत्रमा रहेका छन्। यस्तै, २२१ जना सिनचियाङ युगर क्षेत्रमा रहेको आयोगको रिपोर्टमा उल्लेख रहेको सिन्ह्वाले जनाएको छ।

त्यस्तै, बिहीवार २५५ जना संक्रमित डिस्चार्ज भएका छन्। चीनमा हालसम्म पाँच हजार २२६ जना संक्रमितको मृत्यु भएको छ।

यता, तिब्बत क्षेत्रमा पछिल्लो समय संक्रमण बढ्न थालेपछि त्यहाँको सरकारले सतर्कता तीव्र पारेको छ। साथै, उसले तिब्बतका केही स्वास्थ्य अधिकारीहरुलाई बर्खास्त समेत गरेको छ।

उसले तिब्बतका तीन स्थानमा अस्थायी अस्पताल निर्माण गरेको छ। ल्हासा, सिगाज, छाम्दोमा यस्ता अस्पताल निर्माण भएका छन्। स्थानीय रंगशालामा यस्ता अस्पताल बनेका छन्। 

त्यस्तै, तिब्बतका ल्हासासहितका शहरमा कोभिड-१९ को परीक्षणलाई तीव्रता दिइएको छ। दुई साताअगाडि एकैपटक १८ जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ शहरभर न्युक्लिक एसिड टेस्टलाई तीव्र पारिएको थियो। पुष्टि भएका संक्रमितको जिन सेक्वेन्सिङ गर्दा ओमिक्रोनको सवभेरियन्ट बीए.२.७६ पुष्टि भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell