PahiloPost

Jun 1, 2025 | १९ जेठ २०८२

सुनको मूल्य घट्दो, प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम



पहिलोपोस्ट

सुनको मूल्य घट्दो, प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम

काठमाडौं : चार दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य साताको अन्तिम दिन पनि घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ४ सय रुपैयाँ घटेको हो।

शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधवारका तुलनामा बिहीवार ३ सय रुपैयाँ घट्दा कारोबार मूल्य ९५ हजार ९ सय रुपैयाँ थियो। एक सातामा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले गिरावट भएको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। शुक्रवार चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँ छ। अघिल्लो दिनको भन्दा १५ रुपैयाँ घट्दा बिहीवार प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। चाँदी एक सातामा ४० रुपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७५२ ९२ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९.३२ डलर छ। बिहीवार सुन प्रतिऔंस १७६३.२१ डलर र चाँदी १९.०७ डलरमा कारोबार भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell