PahiloPost

Jun 15, 2025 | १ असार २०८२

गोठाटारको नवतन धाममा  कृष्ण र राधाको भेषमा भेटिएका राधाकृष्ण

गोठाटारको नवतन धाममा कृष्ण र राधाको भेषमा भेटिएका राधाकृष्ण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कृष्ण जन्माष्टमीको अवसरमा आज देशभरका कृष्ण मन्दिरहरुमा कृष्ण महिमा चल्दैछ। भगवान कृष्णको दर्शन गरी कृष्ण भजनहरु गुञ्जिदैछन्।

गोठाटारमा रहेको कृष्ण मन्दिर ‘नवतन धाम’मा आज बिहानदेखि भक्तजनहरुको भिड लागेको छ। बालबालिकालाई कृष्ण र राधाको भेषमा सजाएर कृष्ण मन्दिर वरिपरि ल्याउनेको संख्या पनि बढ्दो छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै व्रत बसेर रातभर जाग्राम बस्छन्।

सरकारले आज कृष्णजन्माष्टमीको उपलक्ष्यमा देशभर सार्वजनिक बिदा दिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell