PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने



पहिलोपोस्ट

आर्यनको फिल्म ‘सायरा’ बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने

काठमाडौं : अभिनेता आर्यन सिग्देलको मुख्य भूमिका रहने फिल्म ‘सायरा’लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन्। निर्माता रघु परियार र निर्देशक विशालबिच बिहीवार मुम्बईमा सम्झौता भएको छ।

निर्माण कम्पनि डीबीआर मिडिया एण्ड मुभिज प्रालिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दशैँमा फिल्म छायाङ्कन हुने बताए।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो। बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ। उहाँले हामीलाई गरेको विश्वासले खुसी मिलेको छ,’ निर्माता रघुले भने।

निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए। भन्छन्, ‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ। साँस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ। नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ।’

देसाईले बलिउड फिल्म ‘वीरगति’ र ‘ढोलकी’ निर्देशन गरिसकेका छन्। ‘कामिनी दामिनी’ टिभी सिरियल समेत निर्देशन गरेका उनले थुप्रै फिल्ममा अभिनय गरिसकेका छन्।

सोसल ड्रामा र लभ स्टोरीमा तयार हुने फिल्मको ९० प्रतिशत छायाङ्कन अस्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ। आर्यन अनुबन्धित भएपनि फिल्मको अन्य कलाकारहरूको भने टुंगो लाग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell