PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनायो : गृहमन्त्री खाण



पहिलोपोस्ट

नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनायो : गृहमन्त्री खाण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले बिहीवार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनको संशोधन विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता नपाएका नेपाली नागरिक भएका आमा बाबुका नागरिकता पाउन नसकेका छोराछोरीलाई नागरिकता दिलाउन ल्याइएको विधेयकले राष्ट्रियता बलियो बनाउने बताए।

२०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याउन लागिएको गृहमन्त्री खाणले बताए।

‘नेपाली नागरिकता भएका बाबु-आमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन। अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबु-आमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो,’ गृहमन्त्री खाणले भने।

विधेयकमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही साथीहरूले विधेयकमा भएका भन्दा पनि नभएका विषय सम्प्रेषण गरेको गृहमन्त्रीको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell