PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक



पहिलोपोस्ट

‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा ओएसआर डिजिटलबाट नेपाली टिजर र जी म्युजिक कम्पनीबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक दोस्रो टिजरमा प्रदीप खड्कालाई एक्सन अवतारमा देखाइएको छ। जहाँ उनलाई सात गाउँको जनताको रक्षकको रुपमा देखाइएको छ। साथै, टिजरमा मनिष राउत खलपात्रको रुपमा प्रस्तुत छन्।

एकसाताअघि फिल्मको नेपाली र हिन्दी भाषाको पहिलो टिजर सार्वजनिक गरिएको थियो। तर, नेपाली टिजरभन्दा हिन्दी टिजरलाई दर्शकले निकै मन पराएका थिए।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ। साथै, फिल्मलाई चीनमा समेत रिलिज गर्ने तयारी भइरहेको छ।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell