PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप



पहिलोपोस्ट

जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप

जनकपुरधाम : जनकपुरधाममा नगर प्रहरी र फुटपाथ व्यवसायीबिच झडप भएको छ। जनकपुरधामको जानकीचोकमा सडकमा लगाएको ठेला हटाउने विषयमा विवाद हुँदा झडप भएको हो।

कृष्णाष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरूले लगाएको ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको र सोही क्रममा व्यापारी र नगर प्रहरीबिच झडप भएको जानकी चोकका स्थानीयले बताएका छन्।

नगर प्रहरीले बल प्रयोग गरेपछि स्थानीय युवाहरू पनि आक्रोशित भएका थिए। सोही क्रममा भनाभन भई झडप भएको थियो। नगर प्रहरीले स्थानीय एक ६ वर्षीय बालकमाथि समेत लाठी प्रहार गरेको बताइएको छ।

झडप भएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले जानकी चोकका किशन मण्डल, कन्हैया दास, सुभाष साह, सोनु साहलगायतका ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा लगेको छ।

यसअघि, जानकी मन्दिर आसपासका फुटपाथ व्यापारीहरूले जनकपुरधामका नगरप्रमुखविरूद्ध विरोध प्रदर्शन गर्नुका साथै बिहीवार उपमहानगरको कार्यालय समेत घेराउ गरेका थिए।

फुटपाथ खाली गरेको हप्तौँ बितेपनि उपमहानगरले कुनै व्यवस्थापन नगरेको उनीहरूको गुनासो छ। साना तथा खुद्रा पसल थापेर व्यापार गरी जीविकोपार्जन गर्दै आएपनि आफूहरूको समस्याप्रति नगरप्रमुख मनोजकुमार साह गम्भीर नबनेको उनीहरूको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell