PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौंको संगमचोकस्थित एक घरमा दिउँसै चोरी



पहिलोपोस्ट

काठमाडौंको संगमचोकस्थित एक घरमा दिउँसै चोरी

काठमाडौं : केही समयदेखि काठमाडौंमा दिउँसो चोरी हुने घटनाक्रम बढेको छ।

काठमाडौं महानगरपालिका-३१ संगमचोक मार्ग डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-६ घर भएका लक्ष्मण बरालको कोठाबाट सुनचाँदीका विभिन्न गरगहना तथा नगद समेत गरी करिब ५ लाख ३९ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो। बिहीवार दिउँसो चोरी भएको हो।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell