काठमाडौं : जितपुर सिमरा उपमहानगरपालिका-१७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय संजिव बललाई भरूवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बेरिङ ५ थान सहित प्रहरीले पक्राउ गरेको छ।
शुक्रवार बिहान घरबाट अवैध हतियार सहित नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घरअगाडि बनाएको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारेको थियो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।