PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु



पहिलोपोस्ट

चितवनमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ना ६ ख ५९१३ नम्बरको ट्रकमा बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रवार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक दैलेख घर भएका २५ वर्षीय सरोज रोकाया र मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका-११ बस्ने ३२ वर्षीय सरोज माझीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell