PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

थपिए ६२३ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४



पहिलोपोस्ट

थपिए ६२३ जना कोरोनाका संक्रमित, संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४

काठमाडौं : गएको २४ घण्टामा थप ६ सय २३ जना कोभिड-१९ का नयाँ संक्रमित देखिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार ९ सय ४५ जनामा परीक्षण गर्दा ६ सय २३ जनामा संक्रमण देखिएको हो। सोही अविधिमा ४ सय ८७ जना भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर संक्रिय संक्रमितको सङ्ख्या ५ हजार २४ रहेको छ।

२४ घण्टाको अवधिमा संक्रमणबाट मृत्यु शून्य रहेको छ। अहिलेसम्म देशभर ११ हजार ९ सय ९० जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell