PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

अविवाहित युवक र युवती एउटै रुखमा झुण्डिएको अवस्था भेटिए



पहिलोपोस्ट

अविवाहित युवक र युवती एउटै रुखमा झुण्डिएको अवस्था भेटिए

बैतडी : बैतडीमा एक जोडी युवायुवती मृत फेला परेका छन्।

मृत फेला पर्नेमा सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाईं र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख प्रेमबहादुर शाहीले जानकारी दिए।

उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतक दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। मृतक दुवै जना अविवाहित रहेको र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell