PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भक्तपुरको नारायण दीप यात्रा : टाउको, काँध र हातमा दियो बाल्दै गरिन्छ नगर परिक्रमा

भक्तपुरको नारायण दीप यात्रा : टाउको, काँध र हातमा दियो बाल्दै गरिन्छ नगर परिक्रमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरमा नारायण दीप यात्रा (मतया:) सम्पन्न भएको छ। शुक्रवार दत्तात्रयमा अवस्थित नारायण मन्दिरबाट बालकदेखि युवाहरुले हात, टाउको र काँधमा दीप राखेर नगर परिक्रममा गर्दै मतया:मा सहभागी भएका थिए।

यसरी जात्रा मनाइँदा मानिसमा रहेको नकारात्मक प्रवृत्तिको अन्त्य हुने र समाज र राष्ट्रमा शान्ति फैलिने जनविश्वास रहेको छ। दीप यात्रासँगै घिनताङ घिसी, माक प्याखं लगायतका नाच समेत प्रदर्शन गरिएको थियो।

सापारुको अवसरमा हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन भक्तपुरमा मतया: निकालिन्छ। दीप यात्रा तलेजु भवानीको मन्दिर पुगेसँगै भक्तपुरमा ९ दिन लामो सापारुको समापन हुने गर्छ।



ट्रेन्डिङ पोस्ट

Ncell