PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अघि नबढाउन प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई आयोगको निर्देशन



पहिलोपोस्ट

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अघि नबढाउन प्रदेश १ र गण्डकी प्रदेश सरकारलाई आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनमा नलैजान निर्देशन दिएको छ। आयोगले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मिति तोकी सकेको अवस्थामा प्रदेश नम्बर १ सरकार र गण्डकी प्रदेश सरकारले प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट दिन एवं कार्यविधि बनाएर सांसदलाई योजना छनौट गर्न लगाइएको र योजना बाँड्ने तयारी रहेको जानकारी प्राप्त भएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।’

आसन्न निर्वाचनका प्रक्रिया सुरु भइसकेको अवस्थामा निर्वाचनको निष्पक्षतालाई असर पुग्ने गरी कुनै पनि कार्यक्रम सञ्चालन गर्नु स्वभाविक मान्न नसकिने आयोगले जनाएको छ। अझ वितरणमुखी कार्यक्रमले निर्वाचनको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने आयोगको भनाइ छ।

‘आयोगबाट निर्वाचन आचारसंहिता लागू हुने मिति सन्निकट रहेको अवस्थामा प्रदेश सरकारले लागू गर्न खोजेको यस कार्यक्रमले निर्वाचनको निष्पक्षतामा असर गर्दैन भन्ने के निश्चितता छ?’ आयोगले स्पष्टिकरण सोधेको छ।

यस्ता छन् आयोगका निर्देशन :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell