PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

सिट बाँडफाँट कार्यदलस्तरमै सहमति गर्न शीर्ष नेताको निर्देशन



पहिलोपोस्ट

सिट बाँडफाँट कार्यदलस्तरमै सहमति गर्न शीर्ष नेताको निर्देशन
फाइल फोटो

काठमाडौंः आसन्न प्रतिनिधि सभा निर्वाचनमा सिट बाँडफाँटबारे कार्यदलमा नै समझदारी गर्न शीर्ष नेताहरुले निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा बसेको शीर्ष नेतासहितको बैठकले कार्यदलमा नै साझा धारणा बनाउन निर्देशन दिएको हो।

कार्यदलले हालसम्मको प्रगतिबारे शीर्ष नेताहरुलाई जानकारी गराएको हो।

शीर्ष नेताहरुले कार्यदलबाट चाँडो काम टुंग्याउन पनि निर्देशन दिएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए।

गठबन्धनमा सिट बाँडफाँटका लागि कार्यदल गठन भएको छ। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा कार्यदल गठन भएको छ। तर, कार्यदलले अहिलेसम्म बाँडफाँटबारे ठोस् सुझाव दिन सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell