PahiloPost

Apr 16, 2026 | ३ बैशाख २०८३

प्रदीप गिरिको स्वास्थ्य अवस्था ‘क्रिटीकल’



पहिलोपोस्ट

प्रदीप गिरिको स्वास्थ्य अवस्था ‘क्रिटीकल’

काठमाडौंः कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था क्रिटिकल अवस्थामा पुगेको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिको अवस्थाको क्रिटिकल रहेको निकट स्रोतले जानकारी दियो। 

भारतमा लामो समय उपचार गरेपछि गिरिलाई करिब तीन सातादेखि मेडिसिटीमा राखेर उपचार गरिँदै आएको छ। भारतमा गिरिको क्यान्सको उपचार भएको थियो।

गिरिको स्वास्थ्य बुझ्न केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा अस्पताल पुगेका थिए। यस्तै, बुधबार साँझ सभामुख अग्निप्रसाद सापकोटाले पनि गिरिको उपचारबारे अस्पतालमा पुगेर जानकारी लिएका थिए।

निकट स्रोतका अनुसार बिहीबारदेखि स्वास्थ्य अवस्था थप जटिल बनेको हो। 

गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता विमलेन्द्र निधिले निराशाजनक ट्वीट लेखेका छन्। गिरिको स्वास्थ्यमा ईश्वरीय चमात्कारको आशा भएको उनले उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell