PahiloPost

Feb 26, 2026 | १४ फागुन २०८२

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रदेश १ सरकारले नगद पुरस्कारबाट सम्मानित गर्ने



पहिलोपोस्ट

राष्ट्रिय खेलकुदमा स्वर्ण पदक ल्याउने खेलाडीलाई प्रदेश १ सरकारले नगद पुरस्कारबाट सम्मानित गर्ने

काठमाडौं : प्रदेश नं १ सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ।

शुक्रवार आयोजित एक कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक ल्याउने खेलाडीलाई अत्यधिक नगद राशिको पुरस्कारसहित सम्मान गर्ने बताएका हुन्।

उनले तेक्वान्दोमा सहभागी हुने खेलाडीले सबैभन्दा बढी स्वर्ण पदकलगायत अन्य पदक जित्ने विश्वास व्यक्त गरे। सदस्य सचिव वाग्लेले परिवार र नातावादबाट माथि उठेर निश्पक्षरूपमा खेलाडी छनोट गरेमा खेलकुदको विकास हुने धारणा राखेका थिए।  

त्यसक्रममा तेक्वान्दो संघका प्रदेश अध्यक्ष प्रवीण कार्की, खेलकुद विकास वोर्डका सदस्य शैलेश विष्ट र विराटनगर–४ का वडाअध्यक्ष जितन थापाले एक घर एक खेलाडी उत्पादन अभियानले खेलकुद क्षेत्रको विकास हुने विचार राखेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell