PahiloPost

Jun 15, 2025 | १ असार २०८२

गठबन्धनको सुत्रधार नै म हुँ, तनहुँ-१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल



पहिलोपोस्ट

गठबन्धनको सुत्रधार नै म हुँ, तनहुँ-१ बाटै चुनाव लड्छु : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आयोजित एक कार्यक्रममा पौडेलले मंसिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने बताएका हुन्।

उम्मेदवारी दिने विषयमा नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, जिल्ला सभापति, पार्टीका अन्य नेतासँग आफूले कुरा गरिसकेको उनले बताए।

‘यसबारेमा सबै नेतासँग समझदारी भइसकेको छ, त्यसलाई केही समयपछि औपचारिक रूप दिन्छौं,’ उनले भने।

गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) ले तनहुँ-१ दाबी गरिरहेको छ। यस विषयमा पौडेलले आफू स्वयं यहाँबाट चुनाव लड्ने भएपछि एकीकृत समाजवादीले यो क्षेत्र दाबी गर्न नलाग्ने बताए।

‘वर्तमान गठबन्धनको सूत्रधार नै म हो। म आफैँ लड्ने भएपछि उहाँहरुको दाबी लाग्दैन’, पौडेलले भने, ‘उक्त पार्टीका उम्मेदवारले नै वरिष्ठ नेता पौडेल चुनाव लड्छु भनिसक्नुभएकाले मेरो केही लाग्दैन, मलाई अर्को व्यवस्था गरिदिनुस् भनेर माधव नेपाल र मसँग भनिसक्नुभएको छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell