PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

जब गोसाइकुण्डभन्दा माथि रहेको सूर्यकुण्ड पुगियो ...

जब गोसाइकुण्डभन्दा माथि रहेको सूर्यकुण्ड पुगियो ...

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : रसुवालाई कुण्डै-कुण्डको जिल्ला भनिन्छ। यहाँ १०८ वटा कुण्ड रहेको छ। यसपटक जनैपूर्णिमामा गोसाइकुण्ड दुई वर्षपछि ठूलै मेला लाग्यो। त्यसैक्रममा अन्य कुण्डहरु अवलोकन गर्ने मौका मिल्यो। त्यो मध्ये एक हो सूर्यकुण्ड।

गोसाइकुण्ड जाने अधिकांश तीर्थालुहरु सूर्यकुण्ड पनि पुग्ने गर्छन्। यो कुण्ड गोसाइकुण्डबाट करिब १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। यो कुण्डलाई नुवाकोट भएर बग्ने तादीखोलाको उद्गमस्थलका रुपमा समेत लिइन्छ। यसपटकको जनैपूर्णिमाको बेला गोसाइकुण्ड पुग्दा १ घण्टाको पैदल यात्राबाट सूर्यकुण्ड जानेको संख्या धेरै थियो।

तीर्थालुहरु बिहानै सूर्यकुण्डमा पुगेर नुहाएर सूर्यको दर्शन गर्ने गर्छन्। यहाँ स्थान गर्नाले स्वर्ग पुगिने जनविश्वास छ। गोसाइकुण्ड पदमार्ग हुँदै सूर्यकुण्ड पुग्दा त्यहाँबाट अन्य कुण्डहरुको पनि अवलोकन गर्न सकिने रहेछ।

गोसाइकुण्ड, सूर्यकुण्डसँगै रसुवामा तातोपानी, पार्वतीकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड, जागेश्वर कुण्ड, दूधकुण्ड, रिभरकुण्ड जस्ता कुण्डहरू अवस्थित छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell