PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

अल सबाब लडाकू समूहले सोमालीको होटलभित्र पसेर चलायो अन्धाधुन्ध गोली, ८ जनाको मृत्यु



पहिलोपोस्ट

अल सबाब लडाकू समूहले सोमालीको होटलभित्र पसेर चलायो अन्धाधुन्ध गोली, ८ जनाको मृत्यु
Video Screenshot/BBC

सोमालीको राजधानी मोगादिसुस्थित हायात होटलमा अल सबाबका लडाकूहरुले आक्रमण गरेका छन्। आक्रमणमा परेर ८ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। ९ जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।

लडाकू समूहले होटलभित्र पस्नु अघि होटल बाहिर दुईवटा बम विस्फोट गराएका थिए। र, होटलमा पसेर अन्धाधुन्ध गोली चलाएका थिए।

प्रहरीले होटलबाट दुर्जनभन्दा बढी मानिसलाई उद्धार गरेको छ। होटलमा बसिरहेका पाहुनासँगै कर्मचारीहरुलाई समेत उद्धार गरिएको हो।

हायात होटलमा सोमालीको सरकारी अधिकारीहरु धेरैजसो भेला हुने गर्छन्। विभिन्न सरकारी कार्यक्रम यही होटलमा गर्ने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell